भारत दोस्रो टी-२० पनि हार्‍यो, वेस्ट इन्डिज २ विकेटले विजयी

नेपालभ्युज

भारत दोस्रो टी-२० पनि हार्‍यो, वेस्ट इन्डिज २ विकेटले विजयी

एजेन्सी । भारतसँगको दोस्रो टी–२० क्रिकेटमा पनि वेस्ट इन्डिज विजयी भएको छ ।

गुयनामा जितका लागि १ सय ५३ रनको लक्ष्य  पाएको वेष्ट इण्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले  सर्वाधिक ६७ रन बनाए ।  बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ३ र युजुवेन्द्र चाहालले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

भारतका तिलक बर्माले सर्वाधिक ५१ रन बनाएका थिए । वेस्टइन्डिजका अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान २/२ विकेट लिए ।

पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved