विश्वकप खेल्न पाकिस्तान भारत जाने पक्का, मन्त्रालयले गर्‍यो पुष्टि

नेपालभ्युज

विश्वकप खेल्न पाकिस्तान भारत जाने पक्का, मन्त्रालयले गर्‍यो पुष्टि

एजेन्सी । पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने विश्वकपका लागि टोली पठाउने पुष्टि गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि –  पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको अवस्था आफ्नो अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी दायित्वहरू पूरा गर्ने बाटोमा आउनु हुँदैन भन्ने विश्वास गर्दछ।

तर, विदेश मन्त्रालयले पनि टोलीको सुरक्षामाव भने चासो व्यक्त गरेको छ ।

विदेश मन्त्रालयले भनेको छ, “पाकिस्तान आफ्नो क्रिकेट टोलीको सुरक्षालाई लिएर गहिरो चिन्तित छ। हामीले यी चिन्ताहरू अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र भारतीय अधिकारीहरूलाई पठाइरहेका छौं। भारत भ्रमणका क्रममा पाकिस्तानी क्रिकेट टोलीको पूर्ण सुरक्षा सुनिश्चित हुन जरुरी छ ।”

एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ । ४६ दिने प्रतियोगितामा १० सहरमा खेल हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved