आमाबुवा जस्तै देखिन्छन् हलिउडका यी ‘स्टार किड्स’

नेपालभ्युज

आमाबुवा जस्तै देखिन्छन् हलिउडका यी ‘स्टार किड्स’

एजेन्सी । तपाईंले सुन्नुभएको होला कि संसारमा आफूजस्तै अनुहार भएका सात जना व्यक्तिले जन्म लिन्छन् । तर, रमाइलो कुरा त त्यतिबेला हुन्छ जब उस्तै अनुहार भएका व्यक्ति हाम्रै घरमा भए भने ।

आज हामी त्यस्तै हलिउडका कलाकार बारे बताउनेछौं, जसका बच्चा हुबहु उनीहरु जस्तै देखिन्छन् । कतिपयलाई त सँगै राख्दा तपाईंले चिन्न पनि सक्नुहुन्न ।

यस लिस्टमा पहिलो नाम एन्जेलिना जोली र उनी छोरी शिलोह जोलीको छ । एन्जेलिनाकी छोरी शिलोह जोली पिट बीच अन्तर भेट्न मुस्किल छ । उनीहरुलाई सँगै राखेर दुईबीचको अन्तर खोज्न थाल्यो भने भेटाउन एकदमै गाह्रो हुन्छ ।

अर्की चर्चित अभिनेत्री रीज विदरस्पूनकी छोरी एवा फिलिप पनि आफ्नी आमाको फोटोकपी जस्ती देखिन्छन् । दुवैको तस्वीर देखेपछि जो कोही धोका खान सक्छन् ।

एक पछि अर्को चर्चित फिल्ममा काम गरिसकेका अभिनेता आइस क्यूबको नाम पनि यस लिस्टमा सामेल छ । आइस क्यूब र उनका छोरा ओ शिया ज्याक्सन जुनियरको अनुहार पनि एकआपसमा एकदमै मिल्छ ।


त्यस्तै लीसा बोनेट र उनकी छोरी जोई दुवै अभिनेत्री हुन् । एकसाथ उभिए भने उनीहरुलाई चिन्न एकदमै गाह्रो पर्छ । दुवैको अनुहार तथा शारीरिक बनावट पनि उस्तै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved