इरानी सर्वोच्च अदालतको प्रमुखमा अमेरिका र बेलायतद्वारा प्रतिबन्ध लगाइएका मोन्टाजेरी नियुक्त

नेपालभ्युज

इरानी सर्वोच्च अदालतको प्रमुखमा अमेरिका र बेलायतद्वारा प्रतिबन्ध लगाइएका मोन्टाजेरी नियुक्त

तेहरान । इरानले अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद जाफर मोन्टाजेरीलाई आइतबार इरानको सर्वोच्च अदालतको प्रमुखमा नियुक्त गरेको छ । अदालतका सबै न्यायाधीशको रायलाई ध्यानमा राखेर मोन्टाजेरीलाई सर्वोच्च अदालतको प्रमुख बनाइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

सन् २०१६ देखि महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नुभएका ७५ वर्षीय न्यायाधीशको स्थानमा न्यायिक आचरणको छानबिन गर्ने न्यायाधीशहरूको उच्च अनुशासन अदालतका प्रमुख मोहम्मद काजेम मोवाहेदी आजादले आफ्नो पूर्व पद सम्हाल्ने मिजानले उल्लेख गरेको छ ।

मोन्टेजेरीलाई डिसेम्बरमा अमेरिकी प्रतिबन्धको अधीनमा राखिएको थियो, वासिङ्टनले गत वर्ष इरानमा भएको जनप्रदर्शनका क्रममा ‘प्रदर्शनकारीहरूको अभियोजनको निरीक्षण’ मा उनको भूमिका रहेको अमेरिका र उसका सहयोगीको बुझाइ रहेको छ ।

जासूसी गरेको आरोपमा बेलायती–इरानी अलीरेजा अकबरीलाई मृत्युदण्ड दिएपछि बेलायतले गत जनवरीमा मोन्टेजेरीविरुद्ध दण्डात्मक कदम चालेको थियो । गत सेप्टेम्बरमा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा देशव्यापी प्रदर्शन भएको थियो । अमिनीलाई इरानमा महिलाहरूका लागि पोशाकसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रदर्शनमा दर्जनौं सुरक्षाकर्मीसहित सयौंको मृत्यु भएको थियो भने अधिकारीहरूले ‘दङ्गा’ को संज्ञा दिएका हजारौं प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो ।

सुरक्षा बलविरुद्ध हत्या र अन्य हिंसामा संलग्न प्रदर्शनसम्बन्धी मुद्दामा सात जनालाई मृत्युदण्ड दिइएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved