फिफा महिला विश्वकपः

स्विडेन क्वार्टरफाइनलमा, अमेरिका बाहिरियो

नेपालभ्युज

स्विडेन क्वार्टरफाइनलमा, अमेरिका बाहिरियो
तस्वीर स्रोतः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विडेन क्वार्टरफाइनलमा पुगेको छ।

मेल्बर्न रेक्ट्याङ्गुलर स्टेडियममा आइतबार भएको खेलमा टाइब्रेकरमा स्विडेनले अमेरिकालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो।

अन्तिम १६ मा साविक विजेता अमेरिकालाई पराजित गर्दै स्विडेन क्वार्टरफाइनल पुग्यो। निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रकेर रोजिएको थियो।

स्विडेनको लागि फ्रिडोलिना रोल्फो, एलिन रुबेन्सन, ह्याना बेनिसन, म्याग्डालेना एरिक्सन र लिना हर्टिगले गोल गरे। अमेरिकाको लागि एन्डी सुलिवान, लिन्डसे होरान, क्रिस्टी मेविस र एलिसा नेहरले गोल फार्काए। केली ओहाराले गोल गर्न चुकिन्।

यसलगतै लिना हर्टिगको गोल रोके पनि भीएआरमार्फत सो बलले लाइन क्रस गरेको देखिएसँगै स्विडेन बाजी मार्‍यो ।

क्वार्टरफाइनलमा जापान र स्विडेन आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved