महिला विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड् क्वार्टरफाइनलमा

सिड्नीको एलिनाज स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम ८ मा पुगेको हो । नेदरल्याण्ड्सको जितमा नवौँ मिनेटमा जिल रुर्ड र ६८ मिनेटमा लिनेथ वीरेस्टाइनले गोल गरिन् ।

नेपालभ्युज

महिला विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड् क्वार्टरफाइनलमा

एजेन्सी । नेदरल्याण्ड्स फिफा महिला विश्वकप फुटबल प्रतियोगिता २०२३ को क्वार्टरफाइनलमा पुगेको छ ।

सिड्नीको एलिनाज स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम ८ मा पुगेको हो । नेदरल्याण्ड्सको जितमा नवौँ मिनेटमा जिल रुर्ड र ६८ मिनेटमा लिनेथ वीरेस्टाइनले गोल गरिन् ।

नेदरल्याण्ड् समूह ई को  विजेताका रुपमा  र दक्षिण अफ्रिका समूह जी को उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।

आजै दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।

महिला विश्वकप फुटबलमा हिजो भएका खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन र नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा पुगेका छन् । ३२ देश सहभागि यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved