काठमाडौंको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

नेपालभ्युज

काठमाडौंको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाडौं। सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । अगस्ट १, २०२३ देखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सीईओ श्री जोङ बुम पार्कले गरेका हुन् ।

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो । यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरूले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरूलाई खरिदको निर्णय गर्न सहज हुनेछ ।

यो ब्राण्ड स्टोरले ग्राहकहरूलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ । ग्राहकहरूले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरू, त्यससँग आबद्ध इको्सिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाच, ट्याब्लेट, सामसङ मोनिटर, सामसङ उपकरणहरू र सामसङ टेलिभिजनहरू समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवालाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरू राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा ग्राहकहरूले सामसङका उत्पादनलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरू सजिलै खरिद गर्न सक्नेछन् ।

स्टोरमा आउने ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झञ्झटरहित, मासिक किस्तामा शुन्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो । यसले ग्राहकहरूलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरूले सजिलोसँग सामसङको सामानहरू खरिद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् ।

यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरूलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved