‘आईएमई पे’मा कनेक्ट आईपीएसमार्फत् बैंक लिङ्क गरी कारोबार गर्न सकिने

नेपालभ्युज

‘आईएमई पे’मा कनेक्ट आईपीएसमार्फत् बैंक लिङ्क गरी कारोबार गर्न सकिने

काठमाडौं। ‘आईएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत् बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आईएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरी राख्न सकिने छ ।

यसका लागि ग्राहकहरूले ‘आईएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आईपीएस (Link via Connect IPS) छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नुपर्नेछ । यसरी लिङ्क भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहजरूपमा गर्न सकिनेछ ।

‘‘आईएमई पे’ ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास (लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्ध (Interoperability) मा पनि ठूलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आईएमई डिजिटल सोलुसन लिमिटेड (’आईएमई पे’) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved