राष्ट्रिय सभा अध्यक्ष चढेको विमानमा मुसा भेटियो

नेपालभ्युज

राष्ट्रिय सभा अध्यक्ष चढेको विमानमा मुसा भेटियो

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उक्त जहाजमा काठमाडौं जान लागेका थिए ।

मुसा भेटिएसँगै उक्त विमानको उडान केहीबेर रोकिएको थियो । अध्यक्ष गणेश तिमिल्सिना भने अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन् ।

पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो ।

११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि उडान रोकेर मुसाको खोजी सुरु गर्दा ढिलाइ भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved