हवाइ टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

नेपालभ्युज

हवाइ टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश
फाइल फाेटाे

काठमाडौं । सर्वोच्च अदालतले हवाइ टिकटमा भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले हवाइ टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उक्त मुद्दामा सर्वोच्चले सरकारसँग लिखित जवाफ पनि माग गर्नुका साथै छलफलका लागी दुबै पक्षलाई बोलाएको छ  ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाइ टिकटमा (मूल्य अभिवृद्धि कर) भ्याट लाग्ने व्यवस्था गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved