अमिताभ बच्चनको विवाहको रमाइलो किस्सा

नेपालभ्युज

अमिताभ बच्चनको विवाहको रमाइलो किस्सा

एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन र जया बच्चनको विवाह भएको ५० वर्ष पूरा भइसकेको छ । दुवैको सम्बन्धमा उतारचढाव आए पनि अहिलेसम्म उनीहरूको जोडीलाई प्रशंसा गरिन्छ। आज हामी उनीहरूको विवाहको विषयमा भएको एउटा किस्साको बारेमा बताउन गइरहेका छौँ।

अमिताभ र जयाले फिल्म जन्जिर, सिलसिला, चुपके चुपके र अभिमान जस्ता कैयौँ फिल्ममा सँगै काम गरेका छन्। जन्जिर फिल्म हिट भएपछि दुवै विदेश घुम्न जान चाहन्थे तर अमिताभ बच्चनका बुवा हरिवंशराय बच्चनले यो शर्त राखे कि यदि विदेश घुम्न जाने हो भने पहिला विवाह गर्नुपर्नेछ।

त्यसो त दुवैको विवाह अक्टुबर १९७३ मा हुने तय भएको थियो तर यस शर्तका कारणले दुवैले जुन १९७३ मा विवाह गरे । यी दुबैसँग जोडिएको अर्को कुरा छ जसको बारेमा अन्नु कपुरले एक कार्यक्रममा गरेका छन् ।

अमिताभ र जयाको जब विवाह भएको थियो, त्यति बेला उनीहरू चर्चाको शिखरमा पुगिसकेका थिए । फिल्म जन्जिर सुपरहिट भएपछि दुवैको विवाहको मिति तय भयो।

तर विवाहको मिति तय गरिए भन्दा केही समय अगाडि नै भयो । तर तपाईँहरू अचम्म पर्नुहोला त्यस्ता चर्चित कलाकारहरूको विवाहमा जम्मा ५ जना मात्र जन्ती थिए।

यसको पछाडिको घटना हामी तपाईँलाई बताउन गइरहेका छौँ। जब यी दुवैको विवाह तय भयो त्यति बेला अमिताभ मंगल बंगलामा बस्थे। जया र अमिताभ दुबैका परिवारले विवाहलाई एकदमै व्यक्तिगत राख्न चाहन्थे त्यसैले विवाहमा धेरैलाई खबर गरिएन।

दुलहा दुलहीका परिवारबाहेक विवाहमा अमिताभका साथी जगदीश राजनका परिवार र त्यति बेलाकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई निम्ता गरिएको थियो। तर प्रधानमन्त्री इन्दिरा गान्धीले फोनबाट बधाई दिएकी थिइन्। सञ्जय गान्धी यस विवाहको हिस्सा बनेका थिए । जन्ती मंगल बंगलाबाट मालाबार हिल्ससम्म जानु थियो।

हरिवंशराय बच्चनले कमसेकम सगुनको रूपमा ५ जना जन्ती त हुनै पर्छ । सञ्जय गान्धी बाहेक ४ जना अरू साथीहरूलाई बोलाइयो । जसमा हरिवंशराय बच्चनका साथी केही प्रसिद्ध लेखक पनि सामेल थिए।

एउटा कारमा अमिताभ बच्चन र एउटा कारमा पाँच जना जन्ती र एउटा कारमा अमिताभका साथी जगदीश राजनका परिवार बसे र जन्ती गए।

यी दुबैका परिवारले कसैलाई पनि थाहा पत्तो हुन दिएनन्। जब मंगल बंगलामा बत्ती र फूलहरूको सजावट देखेर वरिपरिका मानिसहरूले प्रश्न गर्न थाले, त्यसपछि उनीहरूले अमिताभको एउटा फिल्मको शुटिंग हुँदैछ त्यसैको तयार भइरहेको बताए । यस्तोमा जन्तीको टोलीलाई पनि धेरैजस्तो मानिसले फिल्मकै शुटिंग सम्झिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved