विवेकशील साझाको राजनीतिक दस्तावेज र वार्षिक कार्यनीति सार्वजनिक

नेपालभ्युज

विवेकशील साझाको राजनीतिक दस्तावेज र वार्षिक कार्यनीति सार्वजनिक

काठमाडौँ । विवेकशील साझा पार्टीले छैटौँ स्थापना दिवसको अवसरमा पार्टीको राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टी मुख्यालय बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा वास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सो समारोहमा पार्टीका दिवंगत संस्थापक नेताहरु उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरुण शाक्यलाई विशेष स्मरण गरिएको केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved