राप्रपाको केन्द्रीय कार्यालय खाली गर्न महानगरको माइकिङ

नेपालभ्युज

राप्रपाको केन्द्रीय कार्यालय खाली गर्न महानगरको माइकिङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय खाली गर्न माइकिङ गरेको छ ।

शुक्रबार महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको कार्यालय भवन अगाडि पुगेर माइकिङ गर्दै सोमबारभित्र भवन खाली गर्न आग्रह गरेको हो।

‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले राप्रपाको केन्द्रीय कार्यालय सार्वजनिक सम्पत्ति भएको बताउँदै पार्टी कार्यालयको भवन महानगरले भत्काउन नसक्ने बताए । राप्रपाले नगरप्रहरीको टोलीलाई  यसबारे लिखित दिन समेत आग्रह गरेको छ ।

यसबारे आफूहरु छलफलमै रहेको र के गर्ने भन्नेबारेमा छिट्टै निकास निकालिने ति नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved