बिरामीको मृत्युपछि अस्पतालमा तनाव

नेपालभ्युज

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

चितवन । उपचारका क्रममा महिलाको मृत्यु भएपछि भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा तनाव भएको छ ।

 

चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको हुँदा बिरामीको ज्यान गएको उनको आरोप छ । उनले भने, ‘अस्पतालको चरम लापरबाहीले सामान्य ज्वरोको बिरामीको ज्यान गएको छ ।’

शर्मिलाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरेपछि आफन्तले बुझ्न अस्वीकार गरेका छन् । यसैबीच अस्पताल प्रशासन र आफन्तबीच आज वार्ता चलिरहेको छ । अस्पताल परिसरमा आफन्तहरूको ठूलो भीड लागेको छ । मृतक शर्मिलाका १० र ६ वर्षका दुई छोरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved