जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक भिडिओ बनाउने पक्राउ

टिकटकमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको धनुषा प्रहरीले जनाएको छ। सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ।

नेपालभ्युज

जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक भिडिओ बनाउने पक्राउ

धनुषा। प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर परिसरमा अश्लील हाउभाउसहित टिकटक भिडिओ बनाउने युवा पक्राउ परेका छन्।

जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाएर पोस्ट गरेका १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

सो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपश्चात् प्रहरीले धनुषा औरही गाउँपालिका ६ पोखरभिण्डा यादवलाई पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान कार्य भइरहेको छ। टिकटकमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको धनुषा प्रहरीले जनाएको छ।

सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved