सम्पर्कमा आउन २२ प्रहरीलाई हेडक्वाटरको अल्टिमेटम

नेपालभ्युज

सम्पर्कमा आउन २२ प्रहरीलाई हेडक्वाटरको अल्टिमेटम
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।
गैरहाजिरी रहेका एक हबल्दार, पाँच सहायक हबल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन उक्त सूचनामार्फत प्रहरी प्रधान कार्यालयले निर्देशनसमेत दिएको छ । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved