एकता कपूरले किन ‘क’ बाट राख्न शुरु गरेकी थिइन् आफ्ना सीरियल्सका नाम ?

नेपालभ्युज

एकता कपूरले किन ‘क’ बाट राख्न शुरु गरेकी थिइन् आफ्ना सीरियल्सका नाम ?

एजेन्सी। एकता कपूरले एक भन्दा अर्को चर्चित टिभी सीरियल्स बनाएकी छन् जसले गर्दा उनलाई टेलिभिजनकी रानी पनि भनिन्छ ।

एकता लामो समयदेखि हिन्दी टेलिभिजनको जगतमा राज गरिरहेकी छन् । लगभग हरेक च्यानलमा उनले बनाएको कुनै न कुनै सीरियल कुनै न कुनै समयमा जरुर आएको छ ।

अहिले ओटीटी आएपछि टेलिभिजनको चलन अलि कम भएको छ । तर एउटा जमाना थियो जहाँ एकता कपूरका सीरियलका दिवाना प्रसंशक भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै थिए ।

‘क्योंकि सास भी कभी बहु थी’ होस् वा ‘कसौटी जिन्दगी की’, एकता कपूरले बनाएका सीरियल अहिले पनि दर्शकलाई याद छन् । त्यसो त अहिले पनि एकता टेलिभिजनको दुनियाँमा सक्रीय नै छन् र नयाँ नयाँ सीरियल्स लिएर आइरहेकी छन् ।

एउटा समय थियो जतिबेला लगभग एकताका हरेक सीरियलको नाम ‘क’ बाट शुरु हुन्थ्यो । के तपाईंले यसको पछाडिको कारण थाहा पाउनुभएको छ ?

अहिलेको समयमा एकताले आफ्ना सीरियल्सका नाम अन्य अक्षरबाट पनि राख्न थालेकी छन् । तर एउटा समयमा उनले सीरियल्सका नाम के अक्षरबाट नै शुरु हुने गर्थे । क्योंकि सास भी कभी बहु थी, कसौटी जिन्दगी की, कहानी घर घर की, कभी सौतन कभी सहेली, काब्यान्जली, कुटुम्ब, आदि जस्ता कैयौं सीरियल्सहरु बनाएकी थिइन् जसमा हरेक सीरियल ‘क’ अक्षरबाट शुरु हुन्थ्यो ।

त्यतिमात्र नभएर उनले महाभारतमाथि सीरियल बनाएकी थिइन, जसको नाम उनले कहानी हमारे महाभारत की राखेकी थिइन ।

एकता कपूरले एउटा समयमा आफ्ना हातमा कैयौं औंठीहरु लगाउने गर्थिन् । कैयौंपटक यस कुराको पनि बहस भयो कि एकता कपूर एस्ट्रोलोजी तथा न्यूमरोलोजीमा एकदमै विश्वास गर्छिन् ।

यस्तो कुराको सच्चाई कति छ त्यो त थाहा भएन । तर एउटा अन्तरवार्ताका क्रममा जब एकता कपूरले के अक्षरसँग उनको के सम्बन्ध छ भनेर सोधिएको थियो । जहाँ उनले भनेकी थिइन् त्यो कुनै अन्धविश्वास होइन्, मात्र केही कुराहरुलाई लिएर उनलाई एकदमै विश्वास छ र त्यसलाई उनले बदल्न चाहँदिनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved