स्वचालित प्रणाली लागू भएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालभ्युज

स्वचालित प्रणाली लागू भएसँगै  पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै  खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटेसँगै ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ ।

त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटेपछि अब पेट्रोलको मूल्य उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । यस्तै  डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेसँगै भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतीय आयल निगमले नेपाल आयल निगमलाई १५/१५ दिनमा इन्धनको मूल्य सूची पठाउने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved