बच्चाहरुमा आउने साना घाउ तथा एलर्जीको घरेलु उपचार

नेपालभ्युज

बच्चाहरुमा आउने साना घाउ तथा एलर्जीको घरेलु उपचार

एजेन्सी । वर्षाको मौसममा प्राय भाइरल इन्फेक्शनको समस्या बढ्ने गर्छ । जसकारण बच्चाहरुमा एलर्जी तथा इन्फेक्शनको सम्भावना अत्यधिक हुन्छ ।

साथै बच्चाको शरीरमा विभिन्न खाले घाउखटिरा आउने गर्दछन् । जसबाट हरेक आमाबुवा चिन्तित हुन्छन् । केही घरेलु उपचार विधि छन् जसलाई अपनाएर यस्ता घाउखटिरा निको पार्न सकिन्छ ।

बेसारको लेप

वर्षातको मौसममा साना साना घाउखटिरा आएको खण्डमा उक्त स्थानमा बेसारको लेप बनाएर लगाउन सकिन्छ । बच्चाको हातखुट्टामा यस्ता घाउ बढी आउने हुँदा ति अंगमा बेसारको लेप लगाउन सकिन्छ । यसले इन्फेक्शन हुन रोक्छ र घाउ पनि छिटो निको हुन्छ ।

तुलसीको पेस्ट

त्यस्तै तपाईंले यस्तो इन्फेक्शन तथा घाउखटिरा निको पार्नका लागि तुलसीको पातको पेस्ट बनाएर लगाइदिन पनि सक्नुहुन्छ ।

तुलसीमा पाइने एन्टीफंगल तथा एन्टीब्याक्टेरियल गुणले संक्रमणलाई कम गर्छ र घाउखटिरा छिटो निको हुन्छ ।

एलोभेरा जेल

त्यस्तै यस्तो घाउखटिरामा एलोभेरा जेलको पनि प्रयोग गर्न सकिन्छ । यसले पनि संक्रमणलाई रोकी घाउलाई छिटो निको बनाउन सहयोग पुग्छ । साथै सुन्निएको तथा दुखेको पनि कम हुन्छ ।

नरिवलको तेल

मनतातो तेलले बच्चालाई दैनिक मालिस गरेमा पनि यस्ता घाउखटिरा आउनबाट रोक्न सकिन्छ । यदि बच्चालाई यस्तो इन्फेक्शन भइसकेको छ भने पनि त्यस्तो ठाउँमा मनतातो नरिवलको तेल लगादिन सकिन्छ । यसले घाउ चिलाउने तथा अन्य ठाउँमा फैलनबाट रोक्छ ।

गाईको दुध

गाईको दुध तथा मलाई पनि लगाउन सकिन्छ । यसलाई केहीबेर घाउ भएको ठाउँमा लगाउने र सफा पानीले धुने गरेमा घाउहरु छिटो निको हुन्छन् ।

साथमा यसले दागहरु बन्न पनि दिँदैन जसले गर्दा छाला पहिलेजस्तै राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved