काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित

नेपालभ्युज

काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट सर्वसम्मतले पारित भएको छ ।

नगरसभामा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निर्णयार्थ पेश गरेको बजेट संशोधनसहित सर्वसम्मतले पारित भएको हो ।

असार गतेको नगरसभामा उपमेयर डंगोलले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरसभाबाट पारित भएसँगै महानगरको बजेट कार्यान्वयनमा गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved