ग्लोबल आईएमई बैंकको स्वयम्भू र बालकुमारीमा नयाँ शाखा सञ्चालनमा

नेपालभ्युज

ग्लोबल आईएमई बैंकको स्वयम्भू र बालकुमारीमा नयाँ शाखा सञ्चालनमा

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यी नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध भएको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved