यी हुन् सबैभन्दा धेरैपटक रिमेक गरिएका भारतका फिल्म

नेपालभ्युज

यी हुन् सबैभन्दा धेरैपटक रिमेक गरिएका भारतका फिल्म

एजेन्सी । अहिले फिल्महरूको रिमेकको ट्रेन्ड एकदमै चलिरहेको छ । ठूला-ठूला बलिउड हस्तीहरू पनि साउथ वा अन्य साना उद्योगका फिल्महरूलाई रिमेक गराएर चलिरहेको छन् ।

त्यसै क्रममा आज हामी धेरैपटक रिमेक गरिएका फिल्महरूका बारेमा केही तथ्य लिएर आएका छौं ।

– तेलुगू फिल्म ‘नुवोस्तानानते नेनोदंताना’ लाई अहिलेसम्म ८ पटक रिमेक गरिसकिएको छ । हिन्दीमा यसलाई रमैया वस्तामैयाको नामले बनाइएको थियो ।

– ‘चार्ली च्याप्लिन’ नामको तमिल फिल्मलाई फरक-फरक भाषामा ६ पटक रिमेक गरिएको छ । यसको हिन्दी रिमेक भने ‘नो एन्ट्री’ थियो ।

‍- मोहनलालको ‘दृश्यम’लाई पनि ६ पटक रिमेक गरिसकिएको छ ।

– मलयालम फिल्म ‘बडीगार्ड’ लाई पाँचपटक रिमेक गरिएको छ । यसको हिन्दी रिमेकमा सलमान खानले अभिनय गरेका थिए ।

– तमिल फिल्म सेतुलाई पाँचपटक रिमेक गरिसकिएको छ । यसको हिन्दी रिमेकको नाम तेरे नाम थियो । जसमा सलमान खानले अभिनय गरेका थिए । र फिल्म ब्लकबस्टर सावित भएको थियो ।

– फिल्म ‘गोलमाल’ लाई चारपटक रिमेक गरिसकिएको छ । जसको हिन्दी रिमेक पनि एकदमै सुपरहिट भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved