बीग बोसको हिरो बने ‘फुकरा इन्सान’, कलाकारलाई दिए टक्कर

नेपालभ्युज

बीग बोसको हिरो बने ‘फुकरा इन्सान’, कलाकारलाई दिए टक्कर

एजेन्सी । बिग बोस ओटीटी २ मा युट्युबर ‘फुकरा इन्सान’ यानिकी अभिषेक मल्हानले तहल्का मचाइरहेका छन् । अभिषेक शोमा ठूला ठूला सेलिब्रेटीमाथि नै भारी भइरहेका छन् ।

६ हप्ताको गेम शोमा पूजा भट्टपछि कसैको जित्ने सम्भावना धेरै देखिन्छ भने ती हुन् अभिषेक । शो अहिले तेस्रो हप्तामा चलिरहेको छ, जहाँ अहिलेसम्म कयौंले आफ्ना पासा खोलेका छैनन् । तर अभिषेक भने पहिलो दिनदेखि नै उत्साहसँग खेलिरहेका छन् ।

पूजा भट्टसँग निहुँ खोज्ने होस् वा बेबिकालाई लडाईँमा कडा जवाफ दिन होस् अभिषेक खेललाई एकदमै लगनशीलतासँग खेलिरहेका छन् ।

अभिषेकको सबैभन्दा राम्रो कुरा भनेको उनी बिना फिल्टरका छन् । घरमा धेरैजसो कलाकार मुखौटा लगाएका देखिन्छन्, हरेक कोही एकदमै नाटकी देखिन्छन् । त्यहीँ अभिषेक एकदमै प्राकृतिक छन् र बनावटी छैनन् ।

अभिषेकले आफ्नो स्ट्यान्ड त लिन्छन् नै आवश्यक पर्दा साथीहरुलाई पनि साथ दिन्छन् । सम्बन्ध बनाउन तथा खेल खेल्न दुवै जानेका छन् । टास्कमा पनि अभिषेकले राम्रो प्रदर्शन गरिरहेका छन् ।

उनी एकदमै रमाइलो मन पराउने तथा मनोरञ्जनात्मक पनि छन् । उनको र मनीषा रानीको चिटच्याट फ्यानहरुलाई एकदमै मन परिरहेको छ ।

अघिल्लो विकेन्डको वारमा सलमान खानले अभिषेकको प्रसंशा गरेका थिए । सामाजिक सञ्जालमा पनि अहिले उनी ट्रेन्डमा छन् । अभिषेकलाई प्रसंशकले अहिलेदेखि नै विजेता बताइरहेका छन् । कतिपयलाई लाग्छ कि उनी टप दुई मा त पक्कै आउँछन् ।

अभिषेकसँग सबैभन्दा ठूलो प्लस पोइन्ट हो उनको फ्यान आर्मी । इन्स्टाग्राममा उनका २.४ मिलियन फलोअर्स छन् भने युट्यूबमा चारवटा च्यानल छन् । जसमा मिलियन सब्सक्राइबर छन् । यदि अभिषेकले शो जिते भने इतिहास रच्नेछन् । उनी पहिलो यूट्यूबर हुन् जो सलमान खानको शोको हिस्सा बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved