प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुन र चाँदी दुवैको मूल्य बढेको हो ।

आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved