कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धामी नियुक्त

नेपालभ्युज

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धामी नियुक्त

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्राडा डबलबहादुर धामी नियुक्त भएका  छन् ।

यसअघिका शिक्षाध्यक्ष डा निरेश थापाले विसं २०८० वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा डा धामीसहित प्राडा मुनिराज क्षेत्री र सह–प्राडा कुशल भट्टराईले आवेदन दिएका थिए । दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा मङ्गल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा धामीलाई सो पदमा नियुक्त गरेका हुन् ।

फार्माकोलोजिष्ट सह–प्राडा धामी बझाङ् जिल्ला निवासी हुन्। उनले काठमाडौँ विश्वविद्यालयबाट एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved