नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो

नेपालभ्युज

नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो

काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ ।

साताको दोस्रो कारोबार दिन परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ । योसँगै पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दु माथि पुगेको नेप्से पुनः २ हजार बिन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इन्डेक्सक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अंकले घटेको छ। सोमबार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि कम भएको छ । नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त,जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

नेप्से घटे पनि सिवाईसी लघुवित्त वित्तीय संस्था, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको थियो । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved