आदिपुरुषमा ‘राम’ बनेका प्रभास अब ‘विष्णु’ बन्दै

हालै प्रदर्शनमा आएको ‘आदिपुरुष’ विवादित भएपछि अभिनेता प्रभास अर्को फिल्म खेल्न लागेका छन्। ‘आदिपुरुष’ मा ‘राम’ बनेका उनी अर्को फिल्ममा ‘विष्णु’ बन्दैछन्।

नेपालभ्युज

आदिपुरुषमा ‘राम’ बनेका प्रभास अब ‘विष्णु’ बन्दै

काठमाडौं। हालै प्रदर्शनमा आएको ‘आदिपुरुष’ विवादित भएपछि अभिनेता प्रभास अर्को फिल्म खेल्न लागेका छन्। ‘आदिपुरुष’ मा ‘राम’ बनेका उनी अर्को फिल्ममा ‘विष्णु’ बन्दैछन्।

‘आदिपुरुष’ फिल्म असफल भएपछि ‘बाहुबली’ मा चामत्कारीक अभिनेता प्रभास आगामी फिल्म ‘सालार’ र ‘प्रोजेक्ट के’को पर्खाइमा छन्। उनको अर्को फिल्म ‘प्रोजेक्ट के’को स्क्रिप्ट लिक भएको छ। जसअनुसार प्रभास यो फिल्ममा भगवान् विष्णुको अवतारमा देखिनेछन्।

सार्वजनिक भएअनुसार ‘प्रोजेक्ट के’को कथा ‘मार्भल फिल्मको रेखामा विज्ञान–कथा, काल्पनिक, अलौकिक र एक्सन जस्तै छ। यो दुष्टमाथि असलको विजयको सरल कथा हो। तर यसलाई अर्कै ट्वीस्ट दिन नाग अश्विनले कथामा काल्पनिकता थपेका छन्।

हिन्दू पौराणिक कथा अनुसार भगवान् विष्णुले दुष्टताको नाश गर्नका लागि एक युगमा अवतार लिने गर्छन्। प्रभासले यो फिल्ममा उक्त युगका भगवान् विष्णुका अवतार हुन्। यो अवतार एक आधुनिक नायक हो, जसले आधुनिक हतियारको साथ यस युगका खलनायकसँग लड्छ। यो मूलतः आधुनिक समयको विष्णु अवतार हो।

‘सालार’ भने यसै वर्षको सेप्टेम्बरमा प्रदर्शनको तयारीमा छ। उनका आगामी दुई फिल्ममा सबैको नजर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved