यी हुन् गिनिज बुकमा दर्ज भएका बलिउड फिल्म

नेपालभ्युज

यी हुन् गिनिज बुकमा दर्ज भएका बलिउड फिल्म

एजेन्सी। बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री अमिशा पटेल अभिनित फिल्म ‘कहो ना प्यार है’ १० करोड भारतीय रुपैयाँमा बनेको थियो । यस फिल्मले संसारभरबाट ६६.७४ करोड रुपैयाँ संकलन गरेको थियो ।

यस फिल्मले ९२ वटा अवार्ड जितेर गिनिज बुकमा रेकर्ड बनाएको थियो। त्यस्तै, प्रभासको फिल्म ‘बाहुबली द बिननिंग’ ले सबैभन्दा लामो फिल्मको पोस्टरका लागि रेकर्ड बनाएको थियो । यस फिल्मका लागि ५० हजार फिट लामो पोस्टर बनाइएको थियो।

त्यस्तै, आमिर खानको फिल्म पीकेले ७९२ करोड रुपैयाँ कमाएको थियो । यो फिल्म भारतबाहेक देशमा सबैभन्दा धेरै कमाउने पहिलो फिल्म बनेको थियो । जो पछि गिनिज वर्ल्ड रेकर्डमा दर्ज भएको थियो ।

त्यस्तै, पुरानो फिल्म ‘यादें’ पनि गिनिज बुकमा समावेश गरिएको छ । यस फिल्ममा केवल एक जना मात्र अभिनेता थिए र उनी थिए सुनील दत्त ।

त्यस्तै, ‘लव एन्ड गड’ फिल्म बनाउनका लागि पूरै २३ वर्ष लागेको थियो । त्यसैले, यसले लामो समयमा बन्न सफल फिल्मको कीर्तिमान बनाएको थियो ।

त्यस्तै, आमिर खान अभिनीत फिल्म ‘३ इडियट्स’ को नाम पनि गिनिज रेकर्डमा समावेश गरिएको छ । यो फिल्मले संसारभर ४६० करोड रुपैयाँ संकलन गरेर रेकर्ड कायम गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved