आलिया भट्टसँग भएका शानदार १० चीज

नेपालभ्युज

आलिया भट्टसँग भएका शानदार १० चीज

एजेन्सी । बलिउडकी चर्चित अभिनेतृ आलिया भट्ट विवाहपछि होस् वा आमा बनेपछि सधैं चर्चामा छाइरहन्छिन् । यसरी नै उनले पारिवारिक जीवन तथा करिअरलाई पनि सन्तुलित गर्दै चलिरहेकी छन् ।

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमध्ये एक आलियासँग कुनै पनि कुराको कमी छैन । आज हामी उनीसँग भएका केही शानदार चीजहरुको बारेमा जान्नेछौं ।

  • विभिन्न खबरहरुका अनुसार आलिया भट्टले हालै मुम्बईमा ३२ करोडको एउटा घर किनेकी छन् ।
  • त्यस्तै आलियासँग एउटा सुन्दर भ्यानिटी भ्यान पनि छ जहाँ घरका जस्तै सुविधा छन् ।
  • आलियासँग लन्डनमा पनि एउटा घर छ, जसको मूल्य ३१ करोड भारतीय रुपैंया पर्छ ।
  • आलियासँग विभिन्न डिजाइनका ब्याग छन् जसको मूल्य लाखौं पर्छ ।
  • त्यस्तै उनीसँग लग्जरी कारको पनि संकलन छ । उनी जतिबेला चाह्यो कार फेर्दै प्रयोग गर्न सक्छिन् ।
  • आलिया भट्टसँग ८० लाखको Audi Q7  र   Audi A6 जस्ता महंगा कार पनि छन् ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार आलिया भट्टको कुल सम्पत्ति १६५ करोड भारतीय रुपैंया रहेको छ ।
  • यसबाहेक उनले व्यवसाय पनि गर्छिन् जसबाट उनले करोडौं कमाउँछिन् ।
  • आलिया छिट्टै नै रक्की और रानी की प्रेम कहानी नामक फिल्ममा देखिँदैछिन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved