बाँदर नियन्त्रणको माग गर्दै संसद भवन अगाडि नाराबाजी

नेपालभ्युज

बाँदर नियन्त्रणको माग गर्दै संसद भवन अगाडि नाराबाजी

हेटौँडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नाराबाजी गरेका छन् ।

धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन् । धादिङको नीलकण्ठ र नगरपालिका सिद्धलेक गाउँपालिकाका किसानले बाँदरका कारण खेती गर्न नपाएको भन्दै विरोध गरेको बताइएको छ ।

दुईवटा बस रिर्जभ गरेर करिब एक सय ५० जना किसान हेटौँडा आइपुगेको जनाइएको छ । बाँदरले जनजीवनमा समस्या पारेकाले प्रदेश सरकारले सम्बोधन गरिदिनुपर्ने किसानको माग छ ।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका किसानले अन्तर्राष्ट्रिय कानून देखाएर बाँदर आतङ्क बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रर्दशन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले किसानलाई छलफलका लागि बोलाउनुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved