गोकर्णेश्वरले पानी माग्दै उपत्यका खानेपानीलाई पत्र बुझायो

नेपालभ्युज

गोकर्णेश्वरले पानी माग्दै उपत्यका खानेपानीलाई पत्र बुझायो

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन अनुरोध गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र बुझाएको छ ।

नगरबासीले शुद्ध खानेपानी पिउन पाउनु पर्ने नगरपालिकाको पहिलो प्राथमिकता रहेको र सोहि अनुसार मेलम्ची र सुन्दरीजलको पानी वितरण गरिदिनु पर्ने माग सहित मेयर रिसालले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङकालका प्रमुख नारायण कर्णलाई  पत्र बुझाएका  हुन् ।

मेलम्ची र सुन्दरीजलको खानेपानी यस नगरपालिकाको बाटो हुँदै गएपनि यहाँका बासिन्दालाई भने अहिले शुद्ध खानेपानीको अभाव रहेको पत्रमा उल्लेख गरिएको छ ।

मेलम्चीको पानी यहि नगर भएर अन्यत्र लैजाने तर गोकर्णेश्वर नगरबासीलाई बेवास्ता गर्ने हो भने पानी वितरणमा अवरोध समेत सिर्जना हुन सक्ने मेयर रिसालले चेतावनी दिएका छन् ।

उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट वितरण हुने सुन्दरीजलको खानेपानी वडा नं १,२,३ र ४ सम्म वितरण भइरहेको र  वडा नं ५, ६,७,८,र ९ वडाहरुको लागि लाइनबाट वितरण हुने व्यवस्था मिलाईदिन  आग्रह गरेका छन् ।

सो विषयमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङकालका प्रमुख नारायण कर्णले सकारात्मक जवाफ दिएको मेयर रिसालले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved