जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्रीको जवाफपछि संसद संचालन

नेपालभ्युज

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्रीको जवाफपछि संसद संचालन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएपछि संसद बैठक संचालन भएको छ ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्न लागेको भन्दै प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाले संसदमा अवरोध गरेको थियो । उनीहरुको अवरोधपछि संसद बैठक स्थगित भएको थियो ।

संसद पुनः सुरु भएपछि जवाफ दिँदै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र नै रहने बताएका हुन् । ‘म विश्वास दिलाउन चाहन्छु। जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहनेछ ।’

सरकारले बजेटमार्फत निर्वाचन कार्यालयलाई प्रशासनमातहत राख्न लागेको भन्दै आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved