जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी

नेपालभ्युज

जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ । आयोगको टोलीले आइतबार पशुपतिनाथ मन्दिरमा पुगेर जलहरी निकालेको हो ।

मन्दिरबाट निकालिएको जलहरीलाई मन्दिर परिसरमै जोखिएको छ । उक्त नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीलाई राखिएको छ ।

जलहरी जोखिए पनि अख्तियारले बाँकी विवरण सार्वजनिक गरेको छैन । छानबिनमा रहेकाले अहिले केही भन्न नमिल्ने अख्तियाका पदाधिकारीले बताएका छन् ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।

जलहरी राख्ने सुन खरीद गर्दा अनियमितता भएको भन्दै केही समय पहिले प्रतिनिधिसभा बैठकमा नै चर्चा भएपछि अख्तियारले यो विषयमा अनुसन्धान अघि बढाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved