तस्वीरमा सिद्ध गुफा

तस्वीरमा सिद्ध गुफा

तनहुँ। नेपालकै ठूलो दाबी गरिएको तनहुँको सिद्ध गुफा, वि.सं. २०४४ चैत १३ गते स्थानीय चन्द्र बहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत ४ जनाको समूहद्वारा पत्ता लागेको थियो ।

बन्दीपुर गाउँपालिका ४ मा अवस्थित यस गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृतिहरू छन्। कतै श्रीपेच कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका आकृति भेटिन्छ ।

गुफाको करिब २०० मिटर भित्र गएपछि ठूलो बैठक कोठाजस्तै भाग छ। यो ठूलो स्थानमा विभिन्न संस्थाले गुफाको प्रवर्द्धन गर्न बैठक, टेबलटेनिस प्रतियोगिता तथा साहित्यसम्मेलन जस्ता गतिविधिहरू गर्दै आइरहेका छन्।

गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेका छन् । भगवान् शिवको विशेष पूजा गरिने यस गुफामा, श्रावण महिनामा विशेष मेलासमेत लाग्ने गर्दछ।

गुफामा चमेराहरू प्रशस्तै पाइन्छ।

गुफाभित्र करिब ५०० मिटर हिँडेपछि गुफाको आकार झनै ठूलो छ।

भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ जहाँ साहसिक खेल र्‍यापलिङ (अँध्यारो गुफाभित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत आयोजना हुँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved