इसेवाले गर्‍यो श्रेष्ठलाई घर हस्तान्तरण

नेपालभ्युज

इसेवाले गर्‍यो श्रेष्ठलाई घर हस्तान्तरण

काठमाडौं ।  इसेवा मनी ट्रान्सफरले घर हस्तान्तरण गरेको छ । ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । इसेवाले १२ जेठमा डिजिटल गोलाप्रथामार्फत उक्त अभियानको विजेता घोषणा गरेको थियो । जसमा विगत आठ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर भाग्यशाली विजेता बनेका थिए ।

विजेतालाई घर हस्तान्तरण गर्दै इसेवाका निर्देशक डेनियल डी श्रेष्ठले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन लागिरहेको एफवान सफ्ट ग्रुप  अन्तर्गतको यस कम्पनीले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए ।

इसेवाले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो ।

यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नेे अपेक्षा लिएको बताए । विजेता श्रेष्ठले आठ वर्ष युएईमा श्रम गरिरहेका व्यक्तिले घर जित्न पाउँदा खुसी भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved