आईएमई ग्रुप र सशस्त्र प्रहरीबीच छुटसम्बन्धी सम्झौता

नेपालभ्युज

आईएमई ग्रुप र सशस्त्र प्रहरीबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं।  आईएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् ।

बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरूले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केवलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सशस्त्र प्रहरी बलको कल्याकारी योजना अन्र्तगत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनुपर्नेछ ।

सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कँडेल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक संजीव थापाले हस्ताक्षर गरे।

हस्ताक्षर समारोहमा आईएमई अन्र्तगतको बेस्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाहलगायत आईएमई ग्रुप तथा सशस्त्र बलका प्रतिनिधिहरूको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved