‘नमस्ते पे’को बम्पर अफर: ल्यापटप र स्कुटर जित्ने मौका

नेपालभ्युज

‘नमस्ते पे’को बम्पर अफर: ल्यापटप र स्कुटर जित्ने मौका

काठमाडौं। नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरूका लागि विभिन्न अफर र क्यासब्याक को साथ नयाँ अभियान सुरु गरेको छ ।

यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो। यस अभियान अन्तर्गत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ।

साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ। त्यसैगरी, दैनिक अफरहरू जस्तै रु. ५०० वालेट ब्यालेन्स, १ जिवी डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ता का साथै केवाइसी प्रमाणित गर्नुपर्ने छ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved