यसरी भयो पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाजको अवतरण (फोटो फिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यसरी भयो पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाजको अवतरण (फोटो फिचर)

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो। यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत थियो।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ।

१ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो। विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

हेरौँ , जहाज अवतरणको क्रमका केही फोटोहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved