रोनाल्डोले बनाए दुर्लभ कीर्तिमान, आइसल्याण्डलाई हराउँदै पोर्चुगल युरो कपमा छनोट

नेपालभ्युज

रोनाल्डोले बनाए दुर्लभ कीर्तिमान, आइसल्याण्डलाई हराउँदै पोर्चुगल युरो कपमा छनोट

एजेन्सी । एजेन्सी । पोर्चुगल युरो कप २०२४ को लागि छनोट भएको छ । समूह जे अन्तर्गत गए राती भएको खेलमा आइसल्याण्डलाई १-० गोलले हराउँदै पोर्चुगल युरो कपमा छनोट भएको हो ।

उसका लागि स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ८९ मिनेटमा गरेको गोल नै निर्णायक भयो । रोनाल्डोले देशको लागि २ सयौँ खेल पनि पूरा गरेका छन् ।

देशका लागि दुई सयौँ खेल खेल्ने उनि एकमात्रै खेलाडी हुन् । खेलकै दौरान उनलाई गिनिज बुक अप वर्ल्ड रेकर्डको टोलीले प्रमाणपत्र समेत दिएको छ । यस्तै उनले अन्तर्राष्ट्रिय गोल संख्या १ सय २३ पुर्‍याएका छन्। यो पनि दुर्लभ कीर्तिमान नै हो ।

गएराती नै  भएको यसै समूहको खेलमा लिचेस्टाइनलाई हराउँदै स्लोभाकियाले पनि छनोटको सम्भावना बलियो बनाएको छ । स्लोभाकियाको  ४ खेलबाट १० अंक रहेको छ ।

समान खेलबाट लक्जम्वर्गको ७ अंक छ । तर गोल अन्तरमा स्लोभाकिया धेरै अघि रहेको छ । यस समूहका बोस्निया एण्ड हर्जगोभिना, आइसल्याण्ड र लिचेस्टाइनको भने युरोकप सम्भावना कठिन हुँदै गएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved