एकदिवसीय विश्वकप क्रिकेट छनोट: नेपालले अमेरिकासँग खेल्दै

नेपालभ्युज

एकदिवसीय विश्वकप क्रिकेट छनोट: नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएकोमा तीन वटामा नेपाल विजयी भएको छ । दुई वटा खेल अमेरिकाले जित्दा एक खेल बराबरीमा सकिएको छ ।

नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् ।

दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् ।  शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कप खेल्न पाउनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved