युरोकप छनोट :  पोर्चुगलले बोस्नियालाई ३ गोलले हरायो,  बेल्जियम र अष्ट्रियाको बराबरी

नेपालभ्युज

युरोकप छनोट :  पोर्चुगलले बोस्नियालाई ३ गोलले हरायो,  बेल्जियम र अष्ट्रियाको बराबरी

एजेन्सी। युरोकप फुटबल २०२४ को छनोटमा पोर्चुगलले लगातार तीन खेलमा जित निकालेको छ ।

गएराती भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३-० गोलले हरायो । उसका लागि ब्रुनो सिल्भाले दुईर बर्नान्डो सिल्भाले एक गोल गरे ।

पोर्चुगल ९ अंकसहित शीर्ष स्थानमा छ र युरोकपमा छनोट नजिकै पुगेको छ ।

गएराती भएका अरु खेलमा स्लोभाकियाले आइसल्याण्डलाई, चेचियाले फारो आइसल्याण्डलाई, जर्जियाले साइप्रसलाई र अल्बानियाले मोल्दोभालाई हराएका छन् । बेल्जियम र अष्ट्रियाले भने बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved