जेठमा मनकामना केबलकारको यात्रु संख्यामा कीर्तिमान

नेपालभ्युज

जेठमा मनकामना केबलकारको यात्रु संख्यामा कीर्तिमान

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा कीर्तिमान कायम भएको छ । चालू आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुले मनकामना केबुलकारमार्फत मनकामना मन्दिरको यात्रा गरेका छन् ।

यो वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुले मन्दिरको यात्रा गरेको कीर्तिमान कायम भएको छ । यसअघि आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामै १ लाख ३५ हजार २७२ जना ले मन्दिरको दर्शन गरेको रेकर्ड थियो । जून यो जेठ महिनामै तोड़िएको छ ।

यो आर्थिक वर्षको जेठ महिनामा औसत प्रति दिन ४ हजार ७०० जनाले मन्दिरको दर्शन गरेका छन् । त्यस्तै, भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । ११ महीनामा कुल २ लाख ६९ हजार ७६०  भारतीय हरुले मनकामना भ्रमण गरी सकेका छन ।

यस आर्थिक वर्षमा अनुमानीत १० लाख ५० हज़ार यात्री को संख्या ११ लाख ५० हज़ार पूग्ने देखिएको छ ।

मनकमाना केबलकारले  सम्पूर्ण यात्रीहरुले दिएको सहयोग र सद्भाव प्रति  धन्यवाद दिदैं आगामी वर्षमा अझै स्तरीय सेवा दिने प्रण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved