बागमतीको बजेट : ‘स्वच्छ पानी खोलामा, फोहोर आफ्नै झोलामा’ कार्यक्रम सञ्चालन गरिने (पूर्णपाठ)

नेपालभ्युज

बागमतीको बजेट : ‘स्वच्छ पानी खोलामा, फोहोर आफ्नै झोलामा’ कार्यक्रम सञ्चालन गरिने (पूर्णपाठ)

काठमाडौं । बागमती प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । शुक्रबार सदनमा आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँको बजेट ल्याएका हुन् ।

बजेटमा ‘स्वच्छ पानी खोलामा, फोहोर आफ्नै झोलामा’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ । “बागमती प्रदेशभित्रका शहरी क्षेत्र भएर बग्ने विभिन्न खोलाहरू अत्यन्त प्रदूषित बन्दै गएकोले ‘स्वच्छ पानी खोलामा, फोहोर आफ्नै झोलामा’ भन्ने नाराका साथ काठमाडौँ उपत्यका लगायत प्रदेशभित्रका अन्य प्रदूषित खोलाहरूमा नमूनाको रूपमा व्यापक सरसफाई कार्यक्रम अभियान सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु,” बजेटमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved