नक्कली शरणार्थी प्रकरण

आरोपितको पक्षमा बहस गर्ने कानुन व्यवसायीविरुद्ध नाराबाजी, १३ जना पक्राउ (तस्वीरहरू)

आरोपितको पक्षमा बहस गर्ने कानुन व्यवसायीविरुद्ध नाराबाजी, १३ जना पक्राउ (तस्वीरहरू)

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको पक्षमा प्रतिरक्षा बहस गरेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्ने विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द्र ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का १३ जना पक्राउ परेका हुन् । प्रकरणका आरोपितको प्रतिरक्षा बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ गर्ने क्रममा विद्यार्थी नेताहरू र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । उनीहरूले जघन्य अपराध गरेको आरोप लागेकाको पक्षमा बहस गर्न नहुने भन्दै नाराबाजी गरेका छन् । प्रकरणका आरोपितको पक्षमा पूर्वमहान्यायाधिवक्ता, बारका अध्यक्ष तथा अन्य वरिष्ठ कानुन व्यवसायीले बहस गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved