काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन हुँदै

नेपालभ्युज

काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन हुँदै

काठमाडौं।  काठमाडौंमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ ।

नेपाल कफी व्यवसायी महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी आयोजना गर्न लागेको हो । महासङ्घले कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तर्क्रिया गरिनेछ ।

सम्मेलनबाट कफीका उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घका महासचिव सन्तोष पोखरेलले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved