महानगरले डोजर चलाउँदा स्थानीय विरोधमा उत्रिएपछि अनामनगरमा तनाव (तस्वीरहरु)

नेपालभ्युज

महानगरले डोजर चलाउँदा स्थानीय विरोधमा उत्रिएपछि अनामनगरमा तनाव (तस्वीरहरु)

काठमाडौं । अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीय बासिन्दाबीच नै विवाद भएको छ । स्थानीयको एउटा समूह विरोधमा उत्रिएको छ ।

सोमवार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि विवाद भएको हो । स्थानीय बसिन्दाको एउटा समूहले वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने अडान राखेको थियो ।

अर्को पक्षले भने सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने बताएपछि स्थानीयबीच नै विवाद भएपछि अवस्था तनावग्रस्त बनेको थियो ।

काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भन्दै सार्वजनिक जग्गामा डोजर लगाइएको हो । स्थानीयको विरोधकाबीच महानगरले डोजर चलाएको छ । विरोधमा उत्रिएका स्थानीयले महानगरले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर बनाउन नहुने तर्क गरेका छन् ।

महानगरपालिकाले भने स्थानीय बासिन्दाको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved