पोखरा रंगशाला हरियाली बनाउने अभियानमा ग्लोबल आईएमई बैंक

नेपालभ्युज

पोखरा रंगशाला हरियाली बनाउने अभियानमा ग्लोबल आईएमई बैंक

काठमाडौं। ग्लोबल आईएमई बैंकले पोखरा रंगशालालाई हरियाली बनाउने अभियानको सुरुवात गरेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आईएमईले सो कार्यको शुभारम्भ गरेको हो । पोखरा रंगशाला परिसरमा आयोजित एक कार्यक्रमबीच वृक्षारोपण गरी रंगशाला हरियालीसँगै वातावरण मैत्री अभियानलाई अघि बढाएको बैंकका गण्डकी प्रदेश कार्यालय प्रबन्धक नारायणप्रसाद पौडेलले बताए ।

उक्त कार्यक्रमअन्तर्गत सोमबार पोखरा रंगशाला परिशरमा १०४ वटा विभिन्न जातका फलफूल लगायतका बिरुवाहरू रोपिएका छन् । नवनिर्मित पोखरा फुटबल स्टेडियमको वरपर ती बिरुवाहरू रोपिएको प्रबन्धक पौडेलले जानकारी दिए । उनले भने–“हामी पोखरा रंगशालालाई वातावरण मैत्री बनाउने अभियानमा छौं । आजबाट यो कामको सुरुवात भएको छ । यसले पोखरा रंगशालाको सौन्दर्यता बढाउने छ ।” रोपिएका बिरुवाहरूको संरक्षणका लागि बैंकले पहल गर्ने उनले बताए ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन ग्लोबल आईएमई बैंक प्रधान कार्यालयकी निकिता भण्डारीले गरेकी थिइन् । उनले देशभरि नै यो अभियान सुरुवात गरिएको सो अवसरमा बताइन् । “हामी वातावरण संरक्षण अभियान कार्यक्रमलाई व्यापकता दिन आज देशभरि नै यो अभियानको शुभारम्भ गरेका छौं”–उनले भनिन् ।

सो अवसरमा प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठक, पश्चिमाञ्चाल क्षेत्रीय खेलकुदका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुदका कार्यालय प्रमुख डीबी नेपालीलगायत खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कास्की जिल्लामा रहेका विभिन्न शाखाका प्रबन्धक तथा कर्मचारीहरूको समेत बाक्लो सहभागिता रहेको थियो ।

‘क’ वर्गको ग्लोबल आईएमई बैंकका देशभर ३५७ वटा शाखाहरू रहेका छन् जसमध्ये गण्डकीमा ४५ वटा शाखा रहेका छन् । देशभर ग्लोबल आईएमई बैंकमा ४ हजार २ सयभन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved