आईएमई पेको ‘रु. १४ मा आइफोन १४’ अफर

नेपालभ्युज

आईएमई पेको ‘रु. १४ मा आइफोन १४’ अफर

काठमाडौं। ‘आईएमई पे’ ले आईफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आईफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखि असार ३०, २०८०, डेढ महिना सम्म चल्नेछ।

सो अफरमा ग्राहकले आईएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउनेछन्।

आईफोन जित्ने ग्राहकको आईएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आईएमई पे मा फिर्ता हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved