एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० को क्यासब्याक

नेपालभ्युज

एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० को क्यासब्याक

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंकमार्फत् आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आईएमई पेले एम बैंकमार्फत् आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई रु १००० क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु १००० क्यासब्याक जित्न सक्नु हुनेछ। क्यासब्याकको रकम विजेतालाई वालेट मा प्रदान गरिनेछ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ ।

केही समययता आईएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved