एनसेल कन्सर्टमा झुम्यो विराटनगर

नेपालभ्युज

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्यरूपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरूले चर्चित कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुतिका गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।

कन्सर्टमा सदावहार दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनील पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपि दिएको थियो ।

दिउँसो केही गर्मी भए पनि दर्शकहरूले अस्मिता अधिकारी र सुनील पण्डितका गीतहरूमा गाउँदै नाचेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved